Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एटीएम फोडेर पैसा चोर्न खोज्ने युवक पक्राउ

काठमाडौं । काठमाडौंमा एटीएम फोडेर चोरी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडी महादेवस्थान गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने २८ वर्षीय कमलबहादुर धानुक रहेका प्रहरीले जनाएको छ ।

उनले आइतबार राति नागार्जुन नगरपालिका–२ ठूलोभर्‍याङस्थित एनआईसी एशिया बैंकको एटीएम फोडेर चोरी गर्न खोजेका थिए । उनलाई एटीएम फुटाउँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार एटीएम फोड्न खोज्ने अर्का एकजना फरार रहेका छन् । फरार व्यक्तिको खोजि जारी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077