Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत चिकित्सकमाथि कुटपिट

काठमाडौं । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत एक डाक्टर कुटिएका छन्।

शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले आईसीयूमा कार्यरत डा. सविन भण्डारीमाथि कुटपिट भएको बताए।

उनका अनुसार कोभिड आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले उनीमाथि हातपात  हुन्।

दासले भने, ‘मिस कम्युनिकेसनका कारण यहाँ ठूलो हातपात भयो ।’

निमोनियाको कारण बुटवलबाट शिक्षण अस्पतालमा रिफर गरिएका ती बिरामीलाई बुटवलमा गरिएको पीसीआर जाँच नेगेटिभ थियो । सोही कारण उनलाई शिक्षण अस्पतालको ननकोभिड वार्डमा राखेर उपचार गरिएको थियो ।

उपचारको क्रममा भाइरल इन्फेक्सनको शंकापछि इन्फ्लुएञ्जाको परीक्षण गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डा। दास बताउँछन् । उनका अनुसार ती बिरामीको अवस्था भर्ना गर्दा नै नाजुक थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077