Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतले मिलायो उपेन्द्रलाई, पुगे ओलीकै कित्तामा

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले न्यायालयबाट संसद पुनर्स्थापना नभए निर्वाचनमा जाने बताएसँगै उनी पनि प्रधानमन्त्री ओलीकै लाइनमा अगाडि बढेको देखिएको छ ।

राजविराजमा हिजो आयोजित विरोध सभालाई सम्बोधन गर्दै यादवले प्रतिनिधिसभा पुनर्स्थापना नभए निर्वाचनमा जानुपर्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि ओलीको विरोध गर्दै आएका यादव एकाएक चुनावमा जानुपर्छ भनेर भाषण गर्न थालेपछि उनलाई पनि भारतले मिलाएको जसपाभित्र चर्चाको विषय बनेको छ ।

संवैधानिक व्यवस्था अनुसार अदालतले संसद पुनर्स्थापनाको फैसला गर्ने विश्वास व्यक्त गर्दै यादवले भने– ‘सर्वोच्च अदालतले संसद विघटनलाई बैधता दिए सबैभन्दा ठूलो अदालत जनअदालतमा जान तयार छौ।’

अदालतको संवैधानिक व्याख्याभन्दा पनि जनताको मत बढी वैधानिक मानिने र सबैभन्दा ठूलो न्यायाधीश जनता नै भएको यादवले बताए।

‘निर्वाचनबाट आएको पार्टी र नेताहरू निर्वाचनमा जान डराएका होइनन्’ यादवले थपे–‘संविधानको कुनै धारा नै नटेकी संविधान मात्र नभई लोकतन्त्र र परिवर्तनका विरुद्ध नै प्रहार भएकाले संसद पुनस्र्थापनाको पक्षमा आन्दोलित हुनु परेको हो।’

एकातिर संसद विघटनलाई असंवैधानिक भन्ने र अर्कोतिर अदालतको आदेश अनुसार जान तयार रहेको कांग्रेसलाई भने उनले ढुलमुले चरित्रको संज्ञा दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077