Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाँच लाख ठगेर फरार भएका अभियुक्त प्रकाउ

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले ठगी गरेर फरार रहेका १ जनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको गारीगंङ्गा नगरपालिका–८ बस्ने ३४ वर्षका राजाराम चौधरी रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटेको बिशेष प्रहरी टोलीले लम्की चुहा नगरपालिका–९ मा लुकिछिपी बसेको अबस्थामा आज प्रकाउ गरेको हो ।

उनबिरूद्ध धनगढी उपमहानगरपालिका–१ बस्ने अनिता चौधरीले पाँच लाख ठगी गरी सम्पर्क बिहिन भएको जाहेरी दरखास्त  दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले प्रकाउ गरेको हो ।

भारत बैगलोरबाट बिएससी नर्सिङ पास गरेको प्रमाण पत्रहरु त्रिभुबन विश्वविद्यालय काठमाडौंबाट मान्यता दिलाउन पैसा पठाई दिनु भनी सम्पर्क बिहिन बनेका जाहेरी अनिता चौधरीले दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077