Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

शशांक भन्छन् - नेकपा कानुनी रुपमा फुटेको छैन, बैशाखमा चुनाव हुँदैन

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले बैशाखमा चुनाव नहुने दाबी गरेका छन्।

शनिबार महेन्द्रनगरमा प्रेस यूनियन कञ्चनपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस महामन्त्री कोईरालाले कांग्रेस पुर्नस्थापनाकै पक्षमा रहेको वताए ।

महामन्त्री कोईरालाले भने, ‘अहिले पनि नेकपा पार्टी कानुनी रुपमा फुटेको छैन। निर्वाचन आयोगले सुर्य चुनाव चिन्ह कसलाई आधिकारिक दिन्छ, नपाउने समुहले विरोध र अदालत जान्छ, यहि कारण पनि बैशाखमा चुनाव हुँदैन ।’

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर लोकतन्त्र र संविधानमाथि नै कुठाराघात गरेको उनको भनाइ थियो ।

ओलीले  कोरोना कहरबाट थलिएको अर्थतन्त्रमाथि उकास्नका लागि कुनै योजना अघि नसारेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077