Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ठगीमा पक्राउ परेकालाई छाड्न प्रहरीमा बालुवाटारको दबाब, पीडित नै मिडिया मालिक !

काठमाडौं । जग्गा विक्री गर्ने नाममा ठगी गरको आरोपमा पक्राउ परेका दुई जनालाई छाड्न प्रहरीमा चर्को दबाब परेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले न्याय परिषद्का सदस्य लक्ष्मीप्रसाद निराला खड्काका छोरा शिरिष खड्का र सुरेन्द्र महर्जनलाई हिजो दिउसो पक्राउ गरेर चार घण्टामै बेलुका ८ बजे  छाडेको प्रहरी स्रोतले वतायो।

उनीहरुलाई आज बिहान उपस्थित गराउने गरी हिजो राती ८ बजे छाडिएको र अहिले परिसरमा बोलाएर छलफल भइरहेको स्रोतले वतायो।

खड्का र महर्जनलाई अदालत पठाउने वा मिलापत्र गराएर छाड्ने बिषयमा छलफल भएको छ। उक्त मुद्दा उच्च अदालतमा समेत बिचराधिन छ।

स्रोतका अनुसार बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट चर्को दबाब आएपछि राती प्रहरीले उनीहरुलाई छाडेर आज बिहान पुन: बोलाई दुई पक्षलाई सँगै राखेर छलफल गराएको छ।

जग्गा पीडित कृष्णप्रसाद देवकोटा नयाँ पत्रिकाका संचालक रहेको हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद्का सदस्यको पक्षमा लागेर प्रहरीलाई दबाब दिएको स्रोतको दाबी छ । देवकोटा ओलीका चर्का आलोचक मानिन्छन्।

उनीहरुले स्कुलको नाममा कोटेश्वरमा रहेको दुई रोपनी १४ आना २ पैसा जग्गा कृष्ण प्रसाद देवकोटालाई बिक्री गर्ने भन्दै २०७६ को बैशाखमा दुई करोड ७५ रुपैयाँ बैना लिएका थिए ।

तरपछि जग्गा समेत अर्केलाई बिक्री गरेर बैना रकम फिर्ता दिएका थिएनन् ।

उनीहरुबिरुद्द प्रहरीमा जाहेरी दर्ता भइ अदालतबाट पक्राउ पूर्जी जारी  भएको थियो ।

ठगीका पुराना मुद्दाहरु हेर्दै जाँदा शिरिष पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बताएका थिए ।

यस बिषयमा प्रतिक्रिया लिन एसएसपी  सिंहसँग बुझ्दा उनीसँग सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077