Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मध्यावधि निर्वाचन वैशाख मै हुन्छ : मुख्यमन्त्री गुरुङ

बलेवा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मध्यावधि निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् । प्रधानमन्त्री ओलीको संसद् विघटनको निर्णय सही भएको दाबी गर्दै उनले तोकिएको समयमै निर्वाचन हुने र ओली नेतृत्वको नेकपा सूर्य चिन्ह लिएर निर्वाचनमा जाने दाबी गरे ।

चौतर्फी घेराबन्दीमा परेका प्रधामन्त्री केपी शर्मा ओलीले देश र जनताको हितका लागि संसद् विघटन गरेको उनको तर्क थियो । ‘अप्ठ्यारोमा परेका बेला देशको अदालत जनता हुन्’ उनले भने, “ताजा जनादेशमा जाने कुरा लोकतान्त्रिक कि अलोकतान्त्रिक ?” उनले प्रतिगमन चाहनेले नै संसद् विघटन गरेर मध्यावधिमा जाने कदम प्रतिगामी भएको भन्दै आएको बताए।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको भेलालाई बागलुङको बुर्तिबाङ बजारमा सम्बोधन गर्दै गुरुङले केपी शर्मा ओलीको प्रभावकारी कामबाट आत्तिएकाले संसद् विघटन गर्न बाध्य बनाएको आरोप लगाए ।

“बुर्तिबाङमा देवकुमारले गरेको कामले यहाँ अरु दलहरु आत्तिएका छन्, सङ्घमा प्रधानमन्त्री ओलीका कामले आफ्नै दलभित्रका विभाजनकारी आत्तिए”, गुरुङले भने “छिमेकी रिझाउनका लागि विभाजनको बाटो खोज्ने आँफै सकिन्छन् ।” रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077