Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाँके प्रहरीद्वारा २ फरार प्रतिवादी पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फरार दुई प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँकेको जानकी गाउपालिका–२ नेवाजी गाउँ बस्ने ५१ वर्षका मातादिन कादु र खजुरा गाउपालिका–२ उदरापुर बस्ने २१ वर्षकी विना कुमारी खटिक रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओम रानाले बताए ।

एसपी रानाका अनुसार फरार रहेका दुवै प्रतिवादीलाई मंगलबार पक्राउ गरिएको हो । पक्राउ परेका कादुलाई जिल्ला अदालत बाँकेले चोरी मुद्दामा १ वर्ष ११ महिना ३ दिन कैद र २० हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो ।

यस्तै खटिकलाई जिल्ला अदालत बाँकेले बहु विवाह मुद्दामा ११ महिना १२ दिन कैदको फैसला गरेको थियो ।

पक्राउ परेका दुवैजना प्रतिवादीलाई सजाय भुक्तानका लागि जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077