Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

नगद र मन्त्रीको लोभ देखाएर पार्टी कब्जा गर्ने दाउ, सांसद किनबेचको लागि मुल्य तोकियो !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि प्रदेश सांसदहरूको मूल्य तोकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भङ्ग गरेपछि नेकपाका प्रदेश सांसदहरूको मूल्य तोकिएको ओली निकट स्रोतले वताएको छ।

स्रोतका अनुसार ओलीले आफूलाई साथ दिने सांसदहरूलाई आर्थिक प्रलोभन देखाएका छन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहका तीन जना सांसदहरूले विज्ञप्ति जारी गरेर ओली समूहलाई साथ दिएका थिए ।

प्रदेशसभाका सांसदहरू जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले प्रचण्ड–माधव समूहलाई छाडेर ओली समूहलाई साथ दिएका छन् । यसअघि ओली समूहलाई प्रदेश सांसद कला घले र बसन्तीदेवी यादवले साथ दिएका थिए ।

लुम्विनी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा पनि केही प्रदेश सांसदहरूले ओली समूहलाई साथ दिइसकेका छन् ।

उनीहरूलाई पनि नगद र मन्त्री लगायतका आश्वासन दिएर ओली समूहले आफ्नो क्याम्पमा भित्र्याएको प्रचण्ड–माधव समूहको आरोप छ ।

कानूनी रुपमा विभाजन हुन नसकेको नेकपामा ओली समूह अल्पमतमा परेको छ । आफूलाई बहुमतमा पु-याउन ओली समूहले सबै हत्कण्डाहरू अपनाएको छ । ओली बलियो बन्नका लागि प्रचण्ड–माधव समूहका प्रदेश सांसदहरूलाई सबै लोभ देखाएर अगाडि बढेको स्रोतको भनाइ छ।

ओली राष्ट्रिय सभामा पनि अल्पमतमा छन् । राष्ट्रिय सभाका सांसदहरूलाई आफूतिर तान्न सबै प्रयासहरू गरेका छन् । प्रदेश सांसदलाई  आर्थिक प्रभावमा पारेको आरोप लागेको ओलीले राष्ट्रिय सभाका सांसदहरू पनि प्रभावमा पार्ने प्रयास गरेका छन्।

ओलीले राष्ट्रिय सभामा आफूलाई कुनैपनि हालतमा बलियो बनाउने सम्भावना छ। यसैबिच प्रदेश सभाकी सांसद जसमाया गजमेरले सांसद किनबेचको समाचार गलत रहेको प्रतिक्रिया दिएकी छन्।

आफुले अहिले सम्म निष्ठाको राजनीति गर्दै आएको भन्दै उनले समाचारको खण्डन गरेकी छन्।

ओलीले केन्द्रीय कमिटीमा पनि  बहुमत खोजेका छन् । ओलीले थप गरेका केन्द्रीय सदस्यहरूलाई निर्वाचन आयोगले मान्यता नदिएपछि चुनौति थपिएको छ । ओलीले केन्द्रीय कमिटीमा कम्तिमा ४० प्रतिशत पु(याउनुपर्नेछ । ओली केन्द्रीय कमिटीमा अल्पमतमा छन् । ओलीले केन्द्रीय सदस्यहरूलाई पनि प्रलोभन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077