Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीको एसएसपीमा बढुवा भएकालाई दज्र्यानी चिह्न प्रदान

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएका अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

नेपाल सरकार गृहमन्त्रिस्तरको निर्णयले पाँच अधिकृत एसएसपीमा बढुवा भएका थिए । यस्तै उनले सशस्त्र प्रहरी नायब उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका १५ जना अधिकृतलाई समेत सशस्त्र प्रहरी उपरीक्षक पदको दज्र्यानी चिह्न प्रदान गरे ।

उक्त समारोहमा खनालले पदोन्नति वृत्तिविकासको महत्वपूर्ण पाटोका रुपमा रहेको चर्चा गर्दै राज्य र सङ्गठनले तोकेको जिम्मेवारी पूरा गर्न निर्देशन दिए । बढुवा भएका अधिकृतलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनले प्राप्त उत्तरदायित्व तथा जिम्मेवारी पूरा गर्न पूर्ण व्यावसायिक भई अनुशासित एवं जिम्मेवारी बोधका साथ कार्यक्षेत्रमा क्रियाशील रहन आग्रह गरे ।

उनले व्यक्तिगत स्वार्थलाई थाती राख्दै सामूहिक भावनाका साथ राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रमा क्रियाशील हुन पनि आग्रह गरे। उनले राष्ट्रको सुरक्षा र जनताको सेवामा कटिबद्ध रहँदै मातहतका प्रहरी कर्मचारीलाई मार्गदर्शन गर्दै आम नागरिकको मन जित्नेगरी कार्यक्षेत्रमा खटिनसमेत निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077