Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रधानमन्त्री ओलीद्वारा भरतपुर सिटी हलको शिलान्यास, जनसभामा बोल्ने तयारी

    प्रधानमन्त्री ओलीद्वारा भरतपुर सिटी हलको शिलान्यास, जनसभामा बोल्ने तयारी

    अनलाइन नेपाल
  • शनिबार, १७ माघ २०७७
  • 4K
    SHARES

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर– १० मा बन्न लागेको सिटीहल (सभाहल) को शिलान्यास गरेका छन् । शनिबार चितवन आएका प्रधानमन्त्री ओलीले सिटी हलको शिलान्यास गरेका हुन् ।

    शिलान्यासपछि प्रधानमन्त्रीले केन्द्रीय बस टर्मिलनमा हुने बृहत आशभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जिल्ला समन्वयन समितिको भवन पछाडि समन्वयन समितिकै नाममा रहको सरकारी जग्गामा सिटी हल बनाउन लागिएको छ । चार विघा चार कठ्ठा जग्गामा हल निर्माण गर्न लागिएको हो । सरकारको बहुवर्षीय योजना अन्र्तगत सिटी हल निर्माण थालिएको हो । दुई हजार जना क्षमताको ठूलो सभा हल तथा तीन सय जना क्षमताको सानो हलसहित अति विशिष्ठ कक्षहरु निर्माण गरिने छ ।



    शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु शाह लगायतको उपस्थिति रहेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार