Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • भरतपुरबाट प्रचण्डलाई ओलीको प्रश्न : भगवान राम चितवनको अयोध्यापुरीमा जन्मेको भनेर किन बोल्नुहुन्न ?

    भरतपुरबाट प्रचण्डलाई ओलीको प्रश्न : भगवान राम चितवनको अयोध्यापुरीमा जन्मेको भनेर किन बोल्नुहुन्न ?

    अनलाइन नेपाल
  • शनिबार, १७ माघ २०७७
  • 2.5K
    SHARES

    चितवन। चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहले आज प्रचण्डको गृहजिल्ला चितवनमा बृहत जनसभा आयोजना गरेको छ ।

    भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजित सभालाई  प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।



    सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भगवान राम चितवन माडीको अयोध्यापुरीमा जन्मेको हो भनेर किन बोल्न सक्दैनन् भन्दै प्रचण्डमाथि प्रश्न गरेका छन् ।



    ओलीले प्रचण्डलाई लक्षित गर्दै चितवनबाट चुनाव जितेको सांसदले नै राम माडीमा जन्मेको भनेर बोल्न नसकेको बताएका हुन् ।

    प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरु विकासको गति देखेर आत्तिनु भएको छ, हामीले राम मन्दिर बनाएर छाड्छौ । यही निर्वाचन क्षेत्रबाट चुनिएका सांसद किन बोल्न सक्दैनन् ? । मयुरको प्वाख लाउँदैमा मयुर हुँदैन । उहाँ किन बोल्न सक्नुहुँदैन । ’

    प्रधानमन्त्री ओलीले रामको मूर्ति निर्माण भइसकेको जनाउँदै सीताको मूर्ती बनिरहेको बताए ।

    प्रधानमन्त्री ओलीले चितवनमा नदी, पुल र नदीहरुको तटबन्धको व्यवस्थापन गर्ने बताए । प्रधानमन्त्री ओलीले जनसभामा चितवनबाट तपाइँहरुले तीन जना सांसद छानेको भन्दै ती छानिएका सांसदहरु आजको सभामा खोई भन्दै प्रश्न गरे । उनले भने, ‘ चितवनका सांसदहरु त्यही भएर छटपटाएर हिड्नु भएको छ । उहाँको उद्देश्य राम्रो छैन । पार्टी ध्वस्त पार्ने , देश सखाप पार्ने मनसाय उहाँहरुको छ ।’

    प्रधानमन्त्री ओलीले भने, ‘अली अली मतपत्र च्यातेर जितेको भए पनि आजको सभामा तपाइँको मेयर खोई भनेर प्रश्न गरे । पिकनिक खान जानु भयो होला ।’

    प्रधानमन्त्री ओलीले भने, ‘ पार्टी फुटेको होइन, केही मानिस बाहिर गएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार