Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दोश्रो पटक माइतीघरमा धर्ना बस्दै प्रचण्ड-माधव समूह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले आज माइतीघरमा दोश्रो पटक धर्ना बस्दै छ । संसद‌ विघटनको विरोधमा निरन्तर आन्दोलनमा रहेको प्रचण्ड -माधव समूहले मध्याह्न १२ बजेदेखि धर्नामा बस्न लागेको जनाएको छ।

प्रतिनिधि सभा विघटनको असंवैधानिक घोषणा खारेजी मागसहित माइतीघरमा जारी धर्नामा आज प्रचण्ड र नेपाल आउने भएका सो समूहका नेता विष्णु रिजालले जानकारी दिए।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडारीले संसद विघटन गर्दै आगामी वैशाखमा मध्यावधि चुनाव घोषणा गरेकी थिइन् ।

सो कदम असंवैधानिक भएको भन्दै सत्तारूढ नेकपा दुई धारमा विभाजित छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको निरंकुश कदमबिरुद्द प्रचण्ड-माधव समूहले देशभर बिरोध प्रदर्शन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077