Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • हिरासतमा रहेका व्यक्तिलाई छुटाउँछु भन्दै रकम लिने दुईजना पक्राउ

    हिरासतमा रहेका व्यक्तिलाई छुटाउँछु भन्दै रकम लिने दुईजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १८ माघ २०७७
  • 2.5K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । महानगरीय प्रहरी वृत्त जगातीले प्रहरी हिरासतमा रहेका व्यक्तिहरुलाई छुटाइदिने भन्दै २ लाख १० हजार लिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुलीका वीरबहादुर तामाङ र रामेछापका ग्याल्छेन लामा रहेका महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।



    उनीहरुले गत कात्तिक १६ गते कछुवासहित पक्राउ परेका धावा लामा र राजकुमार घिसिङलाई विना कारबाही थुनामुक्त गराउँछौं भनेर रकम लिएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।



    पक्राउ परेका दुवैजनालाई जिल्ला अदालतबाट ठगी मुद्दामा ५ दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार