Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • थुनुवा मृत्यु प्रकरण: पीडितका आफन्तद्वारा विरोध प्रदर्शन, प्रहरीसहित एक दर्जन बढी घाइते

    थुनुवा मृत्यु प्रकरण: पीडितका आफन्तद्वारा विरोध प्रदर्शन, प्रहरीसहित एक दर्जन बढी घाइते

    अनलाइन नेपाल
  • आइतबार, २४ असोज २०७८
  • 1.9K
    SHARES

    सुनसरी । प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिसर तनावग्रस्त बनेको छ ।

    अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए । उनले प्रहरी हिरासतभित्र पासो लगाएर आत्महत्या गरेको प्रहरीको भनाइ छ ।



    यसैबीच आक्रोशित पीडितका आफन्तहरुले इनरुवा बजारमा विरोध प्रदर्शन गरेका छन् । आक्रोशित स्थानीयवासीले इनरुवा बजार बन्द गराउनुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि टाइर बालेर प्रदर्शन गरिरहेका छन् ।



    स्थानीयवासीले प्रहरीको सवारीमाथिसमेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भीड नियन्त्रण गर्न केही राउण्ड अश्रुग्याससमेत फायर गरिएको प्रहरीले जनाएको छ ।

    घटनापछि भएको झडपमा प्रहरीसहित एक दर्जन बढी घाइते भएका छन् ।  प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार