Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अदालतमा शाहरुख खानकी म्यानेजरको रुवाबासी

    अदालतमा शाहरुख खानकी म्यानेजरको रुवाबासी

    अनलाइन नेपाल
  • बिहिबार, २१ असोज २०७८
  • 4K
    SHARES

    एजेन्सी – बलिउड बादशाह शाहरुख खानका छोरा आर्यन खान एनसीबीको हिरासतमा छन्। क्रुजमा ड्रग्स पार्टी भइरहेको अवस्थामा एनसीबीले छापा मारेर आर्यनसहित अन्य ८ जनालाई पक्राउ गरेको थियो।

    ४ अक्टोबरमा अदालतमा सुनुवाई हुँदा आर्यनले जमानत पाएनन्। अदालतले उनीसहित अन्यलाई ३ दिन हिरासतमा राख्न आदेश दिएको थियो। बिहीबार पनि उक्त मामिलामा सुनुवाई भयो तर अदालतले यसपटक पनि जमानत दिएन।



    आर्यनसहित ८ जनालाई एनसीबीकै हिरासतमा राख्न भनिएको छ। तर हिरासतमा सोधपुर्छ नगर्नु भनी अदालतले आदेश दिएको छ। थप १४ दिन हिरासतमा राख्नु भनेपनि भोली आर्यनले बेल पाउँ भनी गरेको अपीलको सुनुवाई हुँदैछ।



    बिहीबार अदालतमा सुनुवाई भइरहेका बेला शाहरुखकी म्यानेजर पूजा ददलानी त्यहीँ थिइन्। उनी अदालतमा निरन्तर रोइरहेकी थिइन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी आर्यनको अवस्थाबारे निकै चिन्तित छिन्। उनले आर्यनको यो अवस्था देख्न सकिरहेकी छैनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार