Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • बुटवल हिरासतमा आत्महत्याको प्रयास

    बुटवल हिरासतमा आत्महत्याको प्रयास

    अनलाइन नेपाल
  • मंगलबार, २२ चैत्र २०७८
  • 1.6K
    SHARES

    बुटवल। प्रहरी हिरासतमा रहेका एक जना युवक घाँटी रेटेको अवस्थामा भेटिएका छन् ।

    बुटवलस्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका रुपन्देहीका देवदह खैरनीका २८ वर्षीय रुद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् ।



    तामाको तार चोरी गरेको अभियोगमा उनि हिरासतमा रहेका थिए ।



    बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थानबाट तामाका तारहरू चोरी भएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

    शनिबार पक्राउ परेका नेपाली सोमबार मध्यान्ह घाँटी रेटिएको अवस्थामा भेटिएपछि प्रहरीले तत्काल उद्धार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार