Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मदिरा पिएर कुटपिटमा उत्रिएपछि कलाकार पवन खतिवडा ‘म्याकुरी’ पक्राउ

    मदिरा पिएर कुटपिटमा उत्रिएपछि कलाकार पवन खतिवडा ‘म्याकुरी’ पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    बेलबारी । मदिरा पिएर कुटपिटमा उत्रिएको आरोपमा कलाकार पवन खतिवडा (म्याकुरी) प्रहरी हिरासतमा पुगेका छन्।

    कलाकार खतिवडासहित २ जनालाई मादक पदार्थ पिएर झगडा गरेको आरोपमा ईलाका प्रहरी कार्यलय बेलबारीले नियन्त्रणमा लिएको छ ।



    मंगलबार राति बेलबारी नगरपालिका-१ स्थि होटलमा मादक पदार्थ पिएका खतिवडाले मादक पदार्थले मातेका बेलबारी-४ का एक युवालाई कुटपिटका क्रममा टाउको फुटाइदिएका थिए।



    होटलबाट बाहिर निस्किएर झगडा गरिरहेको खबर स्थानीयले प्रहरीलाई गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय बेलबारीका इन्स्पेक्टर खगेन्द्र धमलाले बताए।

    पीडित पक्ष इलाकामा आएर सहमति नगरेसम्म खतिवडा प्रहरी नियन्त्रणमा रहने उनले बताए।

    कुटपिटबाट सामान्य घाइते भएका ती युवालाई उपचारका लागि अस्पताल पठाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार