काठमाडौं । संवैधानिक परिषदको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अनुरोधमा प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेको स्रोतले बताएको छ ।
संवैधानिक आयोगको नियुक्ति अस्वीकार गरेको ठाउँमा नियुक्ति लगायतका बिषयमा छलफल गरी सहमति भएपछि मात्र बैठक बस्नेगरी स्थगित गरिएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइका लागि पठाइएका सक्कलै फाइल फिर्ता पठाएपछि त्यसको बारेमा पनि छलफल गर्नका लागि बैठक प्रधानमन्त्री ओलीले परिषद बैठक बोलाएका थिए ।
प्रधानमन्त्री ओलीले यसअघि पनि संवैधानिक नियुक्तिमा भागबण्डा गरेका थिए ।
स्रोतका अनुसार संवैधानिक नियुक्तिमा कांग्रेस सभापति देउवासँग भागवण्डा मिलाउनका लागि प्रधानमन्त्री ओलीले नै बैठक स्थगित गराएका हुन् ।
यसअघि प्रधानमन्त्री ओलीले देउवा निकट पूर्व एआईजी जयबहादुर चन्दलगायतलाई विभिन्न संबैधानिक निकायहरुमा नियुक्त गरेका थिए ।
त्यसको चौतर्फी विरोध भएपनि सभापति देउवासँग भित्रभित्रै प्रधानमन्त्री ओलीले साँठगाँठ गरेको स्रोतको दावी छ ।
संबैधानिक नियुक्तिको भागवण्डा मिलाउनका लागि सभापति देउवाले नेता रमेश लेखकलाई जिम्मा लगाएका छन् ।