Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अदालतको भर नपरौं, सडकमा जाऔं : पूर्व प्रधानमन्त्री भट्टराई

अर्घाखाँची । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अदालतले जनताको पक्षमा फैसला गर्छ भनेर सोचेर बस्न नहुने बताएका छन्।

अर्घाखाँचीको सन्धिखर्कमा प्रेस नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा डा. भट्टराईले अदालत छ भनेर ढुक्क हुन सकिने अवस्था नरहको बताए । यद्यपी संसद पुनर्स्थापनाको विकल्प नभएको उनको भनाइ छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले देश डरलाग्दो अवस्थामा जाने खतरा रहेको भन्दै यो असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमको सडक आन्दोलनबाट सच्चाउनुको विकल्प नभएको बताए।

‘संसद पुनर्स्थापना हुन्छ भन्ने मलाई लाग्दैन, बैशाखमा चुनाव पनि हुँदैन, डा. भट्टराईले भने,‘नेपाली जनताका लागि सहज अवस्था आउँदैन।’ प्रधानमन्त्री र राष्ट्रपति मिलेर संकटकाल लगाउन सक्ने पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077