Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगनलाई लक्षित गर्दै जीतजंगको प्रश्न- प्रचण्डको पक्षमा आन्दोलन गरेन भनेर सभापतिको हुर्मत लिने ?

काठमाडौं। नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका सभापति जीतजंग बस्नेतले कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टी भित्रैबाट नियोजित प्रहार भइरहेको वताएका छन्।  बस्नेतले व्यवस्था नै पल्टिन लाग्यो भन्नेहरुको आचरण र दिइरहेका धम्की देख्दा संविधान नै नरहने हो कि भन्ने चिन्ता लागेको बताएका हुन्।

बस्नेतले चार पूर्वप्रधानन्यायाधीसको वक्तव्यवाजी ‘अनैतिक’ र स्वतन्त्र न्यायपालिकाको सिद्धान्तको प्रतिकुल भएको पनि बताए।

नेता बस्नेतले भने, 'तत्कालिन राजाको निर्णय त उल्टाउने अदालतले विवेक सम्मत निर्णय गर्दैन भनेर सडकमा कुर्लिनुको कुनै छैन, शाही आयोग त खारेज गरेर नेपाली काँग्रेसका नेताहरुलाई न्याय दिएको अदालतले अहिले विवेकसम्मत निर्णय गर्दैन भन्ने ठाउँ नै छैन।'

बस्नेतले काँग्रेसका युवा भनिएका नेताहरुको अभिव्यक्तिले लोकतान्त्रिक पार्टीको कार्यकर्ताको सिमा नाघेको बताएका थिए।

कांग्रेस केन्द्रिय सदस्य गगन थापाप्रति लक्षित गर्दै बस्नेतले वीपीको अनुयायी भन्दा पनि कम्युनिष्ट चरित्र भएको गैर काँग्रेसी भन्दै टिप्पणी गरेका छन्। अत्यन्तै आक्रामक  उनले लेखेका छन्, ‘आफूलाई बीपी कोइरालाको कार्यकर्ता हुँ भन्नेले बीपीले स्वतन्त्र न्यायालयका लागि गरेको सङ्घर्ष भुलेका छन्। अदातललाई सार्वजनिक रूपमा चुनौती दिने व्यक्ति बीपीको कार्यकर्ता हुन सक्दैन। त्यो व्यक्ति एउटा कम्युनिस्ट चरित्र बोकेको गैरकाँग्रेसको कार्यकर्ता हुन सक्छ।’

बस्नेतले काँग्रेस भित्रका केहि युवा नेताहरुले प्रचण्ड भक्ति देखाएको आरोप लगाए । उनले भने, ‘जहिले पनि प्रचण्डलाई काध थाप्ने?  प्रचण्डहरु जंगल हुँदा पनि उनको एजेण्डा बोक्ने। अहिले प्रचण्ड कमजोर भए भनेर हामीले आन्दोलन गरिदिनुपर्ने?  काँग्रेसले आफ्नो स्वार्थ हेर्ने कि प्रचण्डको? प्रचण्डको पक्षमा आन्दोलन गरेन भनेर सभापतिको हुर्मत लिने ? ’

बस्नेतले थापा लगायतका नेताले हिरोइजमको राजनीति गरेको आरोप लगाएका छन्।

बस्नेतले लेखेको लेखमा नेता थापामाथि प्रश्नको वर्षा नै गरेका छन्। उनले गलत नियतबाट पार्टी सभापतिको विरोध भइरहेको तर्फ प्रश्नहरु मार्फत संकेत गरेका छन्। उनले भने, ‘पार्टीको लाइनविपरीत बोल्ने र पार्टीले ‘मलाई कारबाही गरे गरोस्’ भन्ने तथा अदालतविरुद्ध बोल्ने अनि मानहानिको मुद्दामा ‘मलाई पनि पूर्वन्यायायाधीश जस्तै बोलावट होस्’ भन्ने भनाइ कुन नियतबाट आएको होरु न्यायाधीशहरूलाई ‘चार किल्लाभित्र बसेर दायाँबायाँ, तलमाथि कतै पनि नहेरी संसद् पुनस्र्थापन गर’ भन्न लोकतन्त्रवादीलाई कुन सिद्धान्त र आदर्शबाट मिल्छरु’

बस्नेतले थापालाई लक्षित गर्दै आफू धेरै नै लोकप्रिय छु भन्ने लाग्छ भने अर्को पार्टी खोलेर आउन पनि चुनौती दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077