Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मशाल जुलुसपछि मदिरा पिएर हिँडेका नेकपा नेता मृत फेला, २ जना पक्राउ

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्ले मृत फेला परेका छन्।

उनी मृत फेला परेपछि प्रहरीले दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

बुधबार साँझ मसाल जुलुशमा सहभागी भएका वाग्लेसहित तीन जना स्थानीय विवेक होटलमा बसेर मदिरा सेवन गरेको र त्यसपछि उनी मोटरसाइकल चढेर हिँडेको थाह पाएपछि दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ शुरु गरेको हो ।

स्थानीय विवेक होटलमा हरिश्चन्द्र महत्तो र महेन्द्र महत्तोसहित वाग्ले पनि वसेर मदिरा सेवन गरेको भन्ने थाह पाएपछि इलाका प्रहरी कार्यालय वरहथवाले दुई जनालाई नियन्त्रणमा लिएको हो ।

बुधबार ९ बजे सर्लाहीको बरहथवा नगरपालिका ९ मुर्तिया जंगलमा वाग्लेको शव फेला परेको थियो । इलाका प्रहरी कार्यालय वरहथवाका प्रमुख डिएसपी उद्धबसिंह भाटले उनको मृत्यु मोटरसाइकल दूर्घटनामा भएको हुनसक्ने आशंका गरेका थिए ।

त्यही क्रममा बुधबार साँझको कार्यक्रम सकेर हिडेका तीन जनाले मदिरा सेवन गरेको प्रहरीले जनाएको छ । वाग्ले नै मदिरा सेवन गरेको हो होइन भन्ने बारेमा पोष्टमार्टम गर्न पठाइएको र महत्तोद्धयले भने मदिरा सेवन गरेको पुष्टि भैसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077