Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भीम रावलद्धारा प्रधानमन्त्रीलाई ‘चटके’को संज्ञा

    भीम रावलद्धारा प्रधानमन्त्रीलाई ‘चटके’को संज्ञा

    अनलाइन नेपाल
  • शुक्रबार, २३ माघ २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चटकेको संज्ञा दिएका छन् ।

    ओली समूहले आज दरबारमार्गमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा ओलीले आफ्नै भनाईको खण्डन गरेको भन्दै नेता रावलले ओलीलाई चटकेको संज्ञा दिएका हुन् ।



    नेता रावलले ट्वीटमार्फत भनेका छन्–‘प्रमं केपी ओलीले एकातर्फ आफुले चौतर्फी विकास गरेको र हरेकका लागि काम गरे जसरी कसैले नगरेको आमसभामा भन्नुभयो भने अर्कोतर्फ काम गर्न नदिएर प्रतिनिधि सभा विघटन गरेको कुरा गरेर आफ्नो भनाईको आफै खण्डन गर्नुभयो।ढाँटेको कुरा काटे मिल्दैन भनेको यही हो। उहाँकै शब्दमा –चटकेको पछि नलाग्नु।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार