Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

घुस लिने प्रहरी हवल्दारविरूद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिने प्रहरी हवल्दारविरूद्ध मुद्दा दायर गरेको छ । आयोगले ईलाका प्रहरी कार्यालय बेलचौतारा, तनहुँकी प्रहरी हवल्दार शान्ति भण्डारीविरूद्ध आरोपपत्र दायर गरेको हो।

शुक्रबार काठमाडौंको विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । महिला तथा बालबालिका सेवा, केन्द्रमा कार्यरत भण्डारीले नियन्त्रणमा लिइएका व्यक्तिलाई छुटाइदिएबापत सेवाग्राहीसँग घुस मागेकी थिइन् ।

सोही सूचनाको आधारमा पोखराबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १० हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो।

उनले घुस लिएको पुष्टि भएपछि अख्तियारले अदालतमा मुद्दा दायर गरेको हो । उनीविरूद्ध बिगो १० हजार कायम गरी ३ महिनासम्म कैद सजायको मागदाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077