Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सरकारको असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्न सबै दललाई कांग्रेसको अपिल

    सरकारको असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्न सबै दललाई कांग्रेसको अपिल

    अनलाइन नेपाल
  • शुक्रबार, २३ माघ २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले सरकारको असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण आन्दोलनका लागि अपिल गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारको असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने बताएका हुन् ।

    जारी विज्ञप्तिमा भनिएको छ, ‘जनतालाई दुख नदिऔं, शान्तिपूर्ण आन्दोलन गरौं । नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्ति विरुद्ध नेपाली कांग्रेस संसद र सडक दुबै ठाउँमा सालिन ढंगले प्रस्तुत हुँदै आयो । अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं ।’



    संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउँदा जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न शर्माको आग्रह छ । संसद विघटनविरुद्ध उभिएका सबै दल र संस्थालाई काँग्रेसको उक्त अपिल छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार