Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

राजेश र रिमाको 'ज्यानै फाल्नु पहिले' सार्वजनिक ( भिडियो )

काठमाडौं। । जीवनमा हार खाएर आत्महत्या गर्न चाहनेप्रति समर्पित गर्दै गीतकार तथा संगीतकार बसन्त लम्सालले  नयाँ मार्मिक म्युजिक भिडियो 'ज्यानै फाल्नु पहिले' सार्वजनिक गरेका छन्।

यस गीतमा  गायक तथा संगीतकार हरि लम्सालको स्वर रहेको छ भने शब्द, संगीत अमेरिकाको कोलोराडो राज्यमा बस्दै आएका गायक, गीतकार तथा संगीतकार बसन्त लम्सालको रहेको छ।

गीतलाई किरण कडेलले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा महानायक राजेश हमाल, रिमा बिश्वकर्माको साथमा बालकलाकार श्रीवानी थापाको मन छुने अभिनय देख्न सकिन्छ।

बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

गायक, गीतकार तथा संगीतकार बसन्त लम्सालले यसअघि 'यसलाई पर्दा उसले हेर्थ्योु, 'तिमी मेरो एउटा' लगायत थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्। यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन लम्सालले सबैलाई आग्रह गरेका छन्।

https://www.youtube.com/watch?v=fr8jdod9TeA&feature=youtu.be

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077