Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखरामा गोली चल्यो, एकजना घाइते

कास्की। पोखराको सीतापाईलामा  शुक्रबार साँझ गोली चलेको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ सीतापाईलामा गोली चल्दा पर्वत मोदी ८ चित्रे घर भई पोखरा २३ कार्कीतहरा बस्दै आएका मनोज विक घाइते भएका छन् ।

गोली लागेका उनको गण्डकी मेडिकल कलेजमा उपचार उपचार भइरहेको छ। ईलेक्ट्रिसियन काम गर्ने  उनको दाहिने कोखा पेटबाट गोली वारपार भएको वताइएको छ ।

घटनाको बिषयमा कास्की र बैदाम प्रहरीले अनुसन्धान थालेको छ।

गोली प्रहार गर्ने को पहिचान हुन सकेको छैन भने प्रहरीले गोली चलेको क्षेत्र सिल गरी सुरक्षा व्यवस्था कडा बनाएको छ । ठेक्कापट्टाको विषयमा गोली चलेको हुन सक्ने आशंका गरिएको छ ।

बिकमाथि गोली प्रहार हुनुको कारणबारे पनि प्रहरीले अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले गोली प्रहार गर्नेको खोजि तीब्र पारिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077