Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

 लालीगुँरास एसोसिएशन हङकङद्वारा आश्रमलाई खाधान्न र लत्ताकपडा प्रदान

काठमाडौं। हङकङका नेपाली युवाहरुको समुह ‘लालीगुँरास एसोसिएशन (एलजी) ग्रुप’ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौंको एक आश्रमलाई एक महिनालाई पुग्ने खाधान्न तथा लत्ताकपडा प्रदान गरेको छ।

थानकोटमा रहेको मणिहर्ष आश्रमलाई  लालीगुँरास एसोसिएशन हङकङका संयोजक चेतन गुरुङको पहलमा राहत स्वरुप  एक महिनालाई पुग्ने दाल, चामल, हर्लिक्स, तेल,बिस्कुट र दुध प्रदान गरिएको छ ।

त्यस्तै, आश्रमको किचनमा रङ रोकन र त्यहा रहेका १० जनालाई न्यानो ज्याकेट पनि प्रदान गरिएको छ। स्थानिय टिका श्रेष्ठमार्फत उक्त राहत सामाग्री हस्तान्तरण गरिएको हो । यसअघि एलजी एसोसिएशनले हङकङस्थित युङ्लोङको सडकमा  स्थानियहरुलाई नि:शुल्क मास्क वितरण गरेको थियो ।

नेपालमा भुकम्प जाँदा हङकङका स्थानियहरुबाट सहयोग उठाएर समेत गुरुङको पहलमा भुकुम्प पीडितहरुलाई राहत बितरण गरिएको थियो ।

गुरुङ र मकाउ तथा हङकङ एनआरएनको पहलमा कोरोना महामारीको बेला केही महिना अघि नेपाल सरकारलाई ५० हजार थान मास्क हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077