Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

प्रधानमन्त्रीको बोलीमा पनि विष्णु रिमालको राजनीति!

काठमाडौँ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले रेलमार्ग र सुरुङ निर्माण जस्ता ठूला पूर्वाधार विकास र समृद्धिको सोचका कारण प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा देशभर आकर्षण रहेको बताएका छन् ।

समकालीन नेताहरुमा समृद्धि र विकासका लागि नयाँनयाँ योजना र कार्यक्रम ल्याउन सक्ने सोचका आधारमा ओली सबैभन्दा अब्बल भएको उनको तर्क थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोट –काठमाडौँ सम्पर्क मञ्चको शनिबार आयोजित कार्यकर्ता भेलामा नेकपा स्थायी कमिटीका सदस्य रिमालले शुक्रबार काठमाडौँमा आयोजित पार्टीको जनसभामा देखिएको उत्साहजनक उपस्थितिले पनि अध्यक्ष एवं प्रधानमन्त्री ओलीका पक्षमा कार्यकर्ता र जनताको समर्थन देखिएको बताए ।

उनले केरुङ–काठमाडौँ रेलमार्गको सर्वेक्षण, गल्छी –त्रिशूली सडकको स्तरोन्नति, टोखा छहरे–सुरुङमार्गको परिकल्पना आदि राष्ट्रियता महत्वका आयोजनाका कारण नुवाकोट सामरिक महत्वको जिल्लाका रुपमा विकास भएकाले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानमा पार्टीलाई विजयी गराउन आग्रह गरे। नेता रिमालले निर्वाचन चिह्न र पार्टीको आधिकारिता ओली नेतृत्वकै पार्टीले पाउने र तोकिएको मितिमा निर्वाचन हुने बताउँदै निर्धक्क भएर त्यसको तयारीमा लाग्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077