Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अवैध ४९ लाख नेपाली रुपैयाँसहित २ भारतीय नागरिक पक्राउ

काठमाडौं । बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई अवैध नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरी टोलीले बिआर ०५थ ६४१७ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा भारत विहार जिल्ला मोतिहारी थाना हंशपुर ग्राम पञ्चायात वडा नं १० घोडासहान बस्ने २६ वर्षीय अरबिन्द महतो र अर्का एक १४ वर्षीय बालक रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले कपडाको झोलामा लुकाइछिपाइ एक हजारको एक हजार ९२३ थान, ५०० को पाँच हजार ७०४ थान, १०० को एक हजार २०० थान र रु ५० को १०० थान रुपैयाँसहित नेपाल आइरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077