Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्रोत नखुलेको २२ लाख रूपैयाँसहित एकजना पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले स्रोत नखुलेको करिब २२ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ जिँगडवा वेलविछुवाका २७ वर्षीय मोहमद दिलसाद आलम रहेका छन् ।

उनलाई प्रहरीले गौर नगरपालिका–४ बसपार्क नजिकैको सडकबाट स्कुटरमा सवार आलमको साथबाट २१ लाख ९० हजार रुपैयाँ बरामद भएको रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार १ हजार दरका १८१०, ५ सय दरका ४८०, १ सय दरका ३००, ५० दरका १८००, २० दरका ९०१ र १० दरका २०० वटा नोट बरामद भएका छन् ।

मोहमद दिलसाद आलमको नाममा ३१ लाख १६ हजार उल्लेख भएको चेकसमेत बरामद भएको र आलमलाई सम्पत्ति शुद्धीकरण विभागमा आवश्यक कारबाहीका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077