Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिठ्ठा परेको भन्दै ठगी गर्ने पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–९ स्थायी ठेगाना भएका २९ वर्षीय पंकज पौडेली विक रहेका प्रहरीले जनाएको छ ।

अनलाइनबाट चिठ्ठा परेको र सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्छ भन्दै बिभिन्न बैकहरुको खाता नम्बर दिएर लाखौं रूपैयाँ ठगी गर्ने गरेको उनीमाथि लागेकोछ ।

उनलाई बिर्तामोड नगरपालिका–२ चारपानेबाट आइतबार पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077