Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य

    विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य

    अनलाइन नेपाल
  • मंगलबार, २७ माघ २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । कायम मुकायम रहेका हितेन्द्रदेव शाक्यलाई नै सरकारले कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हाे ।

    मन्त्रिपरिषद्को माघ २६ गते बसेको बैठकले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ । यसअघि करिब ४ वर्ष उनले एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध निर्देशक रहेर जिम्मेवारी सम्हालेका थिए ।



    यस अघि सरकारले कुलमान घिसिङलाई २०७३ भदौ २९ गते कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो । उनी ४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २८ गते बाहिरिएका थिए । लोडसेडिङ अन्त्य गरेको भन्दै आम जनताले घिसिङको प्रशंसा गर्छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार