Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली समुहको युवा संघको भेलामा कुटाकुट

काठमाडौं । नेकपा ओली समुहको भातृ संगठन युवा संघमा कुटाकुट भएको छ ।

नयाँ नेतृत्व चयन गर्ने गरी आइतबारदेखि शुरु भएको राष्ट्रिय युवा संघको राष्ट्रिय भेलामा उनीहरुबीच नै कुटाकुट भएको हो ।

उक्त भेलामा रामबहादुर थापा बादल समूहका नेताहरुले बहिष्कार गरेका थिए । भेलामा भएको कुटाकुटको भन्दै ओली समुहमै लागेका युवा संघका नेता सुवित ढुङ्गानाले भिडियो सार्वजनिक गरेका छन् ।

‘अराजनैतिक गुटवादी ,अक्षम नेतृत्वले नेतृत्व गरेको संगठन , पार्टी यस्तै हुने हो यसले विकास हैन बिनास निम्ताउछ,’ भिडियो सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘यो कुनै दोस्रो राष्ट्रिय युवा संघ नेपालको आधिकारिक पुर्ण बैठक होइन । यो अराजकता र उद्दण्डहरुको बैठक हो । यसलाई पार्टीले मान्यता दिएको छैन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077