Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • एसपी र डिएसपीको सरुवा, चितवन प्रहरी प्रमुखमा ओम अधिकारी(सूची सहित)

    एसपी र डिएसपीको सरुवा, चितवन प्रहरी प्रमुखमा ओम अधिकारी(सूची सहित)

    अनलाइन नेपाल
  • मंगलबार, २७ माघ २०७७
  • 6.5K
    SHARES

    काठमाडौं। प्रहरी प्रधान कार्यालयले ७ जना प्रहरी उपरिक्षक ( एसपी) को सरुवा गरेको छ। त्यस्तै, प्रधान कार्यालयले डिएसपीबाट बढुवा भएका १६ जना एसपीहरुको पनि पदस्थापन गरेको छ।

    सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखमा एसपी ओम अधिकारीको सरुवा भएको छ भने चितवनका एसपी नान्तिराज गुरुङको अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा सरुवा भएको छ।



    चितवनको प्रमुखमा सरुवा भएका अधिकारी  जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत थिए । उनले  गोरखाको प्रमुख भएर पनि काम गरिसकेका छन्।  प्रहरीमा उनी व्यवसायिक अधिकृतको रुपमा चिनिन्छन्।



    चितवन उनका लागि राम्रो काम देखाउने अबसर र चुनौती पनि छ ।

    यस्तै, दिपशम्शेर जबरालाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण, रेवती ढकाललाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गठन नं.२, भोलाबहादुर रावललाई काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण, किसान सिंह थापालाई नेपाल प्रहरी पहरा गण र विकासराज खनाललाई काठमाडौं उपत्यका प्रहरी शिक्षालय सरुवा गरिएको छ ।

    त्यसैगरी आजै ६ जना डिएसपीको पनि सरुवा निकालिएको छ।

    सरुवा सूची अनुसार क्रमश:कोमल शाहको नगर प्रहरी कार्यालय काठमाडौं, नरहरी रेग्मी ठिमी, तुल्सीराम अग्रवाल जिल्ला प्रहरी कार्यालय अछाम तथा बालनरसिह राणाको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा सरुवा भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार