Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • २० जिल्लाका एसपी फेरिदै, डिएसपीको पनि व्यापक हेरफेरको तयारी

    २० जिल्लाका एसपी फेरिदै, डिएसपीको पनि व्यापक हेरफेरको तयारी

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 9.1K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले २० जिल्लाका एसपी सरुवाको तयारी गरेको छ । एक वर्ष अवधि पुगेका जिल्ला प्रहरी प्रमुखहरूको सरुवा हुन लागेको हो ।

    झापा, मोरङ, धनकुटा, सिराहा, सप्तरी, महोत्तरी, पर्सा, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, गोरखा,चितवन, तनहुँ, स्याङजा, बाग्लुङ, पाल्पा, रुपन्देही, बर्दिया, कैलाली, कञ्चनपुर लगायत जिल्लाका एसपीको सरुवा हुन लागेको हो ।



    हाल झापामा दुर्गा रेग्मी, मोरङमा दीपक पोखरेल, चितवनमा रामेश्वर कार्की, पर्सामा कोमल शाह, रुपन्देहीमा भरत बहादुर बिक छन् । त्यस्तै, अनुपम श्रेष्ठ गोरखा, अवदेश बिष्ट तनहुँ, कमल थापा कञ्चनपुर, कृष्ण प्रसाद कोइराला धनकुटा, गौतम मिश्र धादिङ, नवीन किशोर प्रधान गुल्मी, नरेन्द्र कार्की सप्तरी, प्रकाश मल्ल महोत्तरीमा कार्यरत छन् ।



    भाग्येन्द्र पुरुष ढकाल काभ्रे, योगेन्द्र कुमार खड्का बाग्लुङ, संजय राउत स्याङजा, सुधिरराज शाही बर्दिया, र हेरम्ब शर्माको पाल्पा तथा बालनरसिंह राणा सिन्धुपाल्चोकमा कार्यरत छन् । उनीहरूको एक वर्ष अवधि पुगिसकेको छ ।

    सिराहाका एसपी टेकनन्द लिम्बुको पनि एक वर्ष अवधि पुग्न लाग्दा सोमबार हटाइएको छ । त्यहाँ नयाँ एसपी खटाइएको छैन ।

    खासगरी तराईका जिल्लामा जानका लागि चर्को प्रतिस्पर्धा छ । पर्सा, मोरङ, झापा, रुपन्देही र चितवनका लागि सबैभन्दा चर्को प्रतिस्पर्धा रहेको स्रोत बताउँछ । तीन जिल्लामा एसपी पठाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठका निकटस्थ व्यक्तिहरूले दैनिक जसो एसपीहरूलाई भेट्ने गरेको स्रोत बताउँछ ।

    हाल इन्चार्ज हुने एसपीहरूमा बसुन्धरा खड्का, अपिलराज बोहरा, गौतम केसी, नवराज कार्की, गोविन्द पुरी, रविन्द्रबहादुर सिंह, चित्रबहादुर गुरुङ, रामप्रसाद घर्तिमगर, बासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेष रिमाल, सन्तोष आचार्य, नारायणप्रसाद चिमरिया, कुमोध ढुंगेल, श्यामबहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्यामकुमार राई, गोविन्दराज काफ्ले, नरेन्द्र चन्द, राजन भुजेललगायत छन् ।

    त्यस्तै, विगतमा इन्चार्ज भइसकेका दयानिधी ज्ञवाली, चक्रराज जोशी, नरहरी रेग्मी, ऋषिराम कँडेल, शान्तिराज कोइराला, अनुपमशमशेर जबरा लगायत पनि जिल्ला इन्चार्ज जाने प्रतिस्पर्धामा छन् ।

    प्रहरी नेतृत्वले एसपीमा बढुवा गरी पदस्थापन र सरुवासँगै गर्ने तयारी गरिरहेको छ । तर, एसपी बढुवामा तिव्र प्रतिस्पर्धा हुँदा निर्णय हुन सकेको छैन । ८ रिक्त पदमा १२ एसपीबीच प्रतिस्पर्धा छ ।

    जसमा बरियतामा पछि रहेका अन्तिम चारमा रहेका डिएसपीहरू सन्तोष तामाङ, अनन्त शर्मा, एकनारायण कोइराला र विनोद घिमिरेलाई जसरी पनि बढुवा गर्नुपर्ने दबाब छ ।

    तामाङ केपी ओलीका तथा घिमिरे प्रचण्डका पिएसओ बसेका अधिकृत हुन् । बढुवा समितिका सदस्य रहेका एआइजी टेकप्रसाद राईले सन्तोष तामाङलाई बढुवा नगरे हस्ताक्षर नै नगर्ने घुर्की दिदै आएका छन् । टकरावकै कारण अन्य प्रहरी बढुवा अवरुद्ध हुन पुगेको छ ।

    बरियताका आधारमा प्रदीप क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादब ढकाल, श्यामबाबु ओलीया, नारायण रंजितकार, निरञ्जनदत्त भट्ट, राजन लिम्बु अगाडि छन् ।

    प्रहरी प्रधान कार्यालयले एक वर्ष अवधि पुगेका पहाडी जिल्ला, उपत्यकाका वृत्त तथा उपत्यकाबाहिरका इलाका प्रहरी कार्यालयका डिएसपीको पनि व्यापक हेरफेरको तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार