Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • लैनचौर वृत्तमा डिएसपी थापा, सात वृत्तको नेतृत्व फेरिदै

    लैनचौर वृत्तमा डिएसपी थापा, सात वृत्तको नेतृत्व फेरिदै

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 7.3K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त लैनचौरको जिम्मेवारी डिएसपी सत्यनारायण थापालाई  दिएको छ । उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिए ।

    वृत्तका डिएसपी चतुर्भुज ओझा राष्ट्रसंघीय शान्ति मिसनमा जाने भएपछि वृत्तको नेतृत्व फेरिएको हो । डिएसपी थापाले केही दिनअघि कार्यभार सम्हालिसकेका छन् ।



    उपत्यकाका अन्य ७ वृत्तका डिएसपीको पनि सरुवाको तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ । जनसेवा, कालिमाटी, थानकोट, सातदोबाटो, ठिमी, चापागाउँ र कीर्तिपुरका डिएसपीको अवधि ११ महिना भइसकेको छ ।



    जनसेवा वृत्तमा भेषराज रिजाल, ठिमी वृत्तमा रविन्द्र श्रेष्ठ, कीर्तिपुरमा राजु लामा, सातदोबाटोमा उमेश जोशी, चापागाउँमा कृष्ण कुमार चन्द, कालिमाटीमा नरहरी अधिकारी तथा थानकोटमा नारायण अधिकारी कार्यरत छन् ।

    महाराजगञ्ज र गौशाला वृत्तका डिएसपीको पनि कार्यसम्पादन सन्तोषजनक नभएकाले ती वृत्तका नेतृत्व पनि एक वर्ष नपुगी फेरिन सक्ने प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

    महराजगञ्जमा अमर बहादुर थापा क्षेत्री तथा गौशालामा केशव थेबे छन् । थेबेले भारतीय पर्यटकलाई लुटेको घटनामा डान्सबारका मालिकलाई जोगाएर कर्मचारीलाई मात्र मुद्दा चलाएको विषयमा छानबिन भइरहेको छ ।

    प्रहरी हेडक्वार्टरले रसुवा, दोलखा, रामेछाप, जाजरकोट, म्याग्दी, रोल्पा, जुम्ला, तेह्रथुम, ताप्लेजुङ, दैलेख, पूर्वी रुकुम, मनाङ, ओखलढुंगा, सोलुखुम्बु, पश्चिम रुकुम, जाजरकोट लगायत जिल्लाका डिएसपीको पनि सरुवा तयारी गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार