Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • युभेन्टस कोपा इटालियाको फाइनलमा

    युभेन्टस कोपा इटालियाको फाइनलमा

    अनलाइन नेपाल
  • बुधबार, २८ माघ २०७७
  • 2.4K
    SHARES

    मिलान । युभेन्टसले समग्रमा इन्टर मिलानलाई २–१ ले हराएर मंगलबार कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगको नतिजा गोलरहित बराबरी रह्यो ।

    युभेन्टस पहिलो लेगमा २–१ ले अगाडि थियो । यो नतिजा नै उसलाई फाइनल पुग्न पर्याप्त रह्यो । युभेन्टस कोपा इटालियाको फाइनल पुगेको यो लगातार दोस्रो वर्ष हो ।



    फाइनलमा युभेन्टसको प्रतिद्वन्द्वी एटलान्टा अथवा नेपोली हुनेछ । ती दुई क्लबको सेमिफाइनल दोस्रो लेग बुधबार हुनेछ । पहिलो लेग गोलरहित बराबरीमा रहेको छ ।एजेन्सी



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार