Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

केपी ओली पाप पखाल्न पशुपतिनाथ पुगे : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पशुपतिनाथले रक्षा नगर्ने बताएका छन् ।

प्रचण्ड–नेपाल समूहले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले पशुपतिनाथले पापी र अधर्मीलाई रक्षा नगर्ने भएकाले  पशुपतिनाथले ओलीलाई माफी नगर्ने बताए ।

पहिले मदन भण्डारीको नाम जप्ने ओलीले अहिले पशुपतिको नाम जप्न थालेको भन्दै अब उनलाई पशुपतिनाथले पनि माफी नगर्ने उनको भनाइ थियो ।

“केपी ओलीजी पहिले तपाईं मदन भण्डारीको नाम जप्नुहुन्थ्यो । अहिले मदन बिर्सिएर पशुपतिको मन्त्र जप्न थाल्नुभएको छ,” नेपालले भने, “तपाईंलाई थाहा छ, पशुपतिनाथले कसलाई माया गर्नुहुन्छ रु पशुपतिनाथले त सत्य र न्यायका पक्षमा रहेकालाई माया गर्नुहुन्छ । पापीलाई, अधर्मीलाई पशुपतिनाथले माया गर्नु हुन्न ।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077