Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

केपी ओली मार्क्सवादमा विश्वास नभएर पशुपतिनाथ पुगेको नेता खनालको दावी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहका नेता झलनाथ खनालले केपी शर्मा ओलीको तानाशाही समाप्त पार्नुपर्ने बताएका छन् ।

प्रचण्ड(नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोध सभामा बोल्दै नेता खनालले आफूहरुको आन्दोलनको आवाजलाई नसुनिए २०६२/६३ भन्दा ठूलो आन्दोलनको आगो बल्ने र त्यो आन्दोलनको आगोले ओलीको तानाशाही समाप्त पार्ने बताए ।

ओली राजनीतिक र सैद्धान्तिक रुपले पराजित भइसकेको र उनलाई मार्क्सवादमा विश्वास नभएर पशुपतिको मूर्तिमा मात्र विश्वास रहेको नेता खनालको आरोप थियो।

आफूहरु नै आधिकारिक पार्टी भएको दाबी गर्दै खनालले सभाको व्यापक उपस्थितिले नै आधिकारिकता दिइसकेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077