Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

    रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

    अनलाइन नेपाल
  • बिहिबार, २९ माघ २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहकी केन्द्रीय सदस्य तथा निवर्तमान सांसद रामकुमारी झाँक्रीको बानेश्वरस्थित घर वरिपरि प्रहरीले घेरा हालेको छ ।

    महानगरिय अपराध महाशाखा झाँक्रीको घरभित्रै गएर नियन्त्रणमा लिन  तयारी अवस्थामा बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा नेतृ झाँक्रीलाई प्रहरीले नियन्त्रणमा लिन लागेको हो ।



    झाँक्रीले गोरखामा राष्ट्रपति विद्या भण्डारीलाई बडामहारानीको संज्ञा दिंदै भनेकी थिइन्–‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु निर्वाचनको तयारीका लागि सुविधा छाडेर आउनुस् ।



    शीतलनिवास छाडेर पहिला कोटेश्वर आउनुस्, चावहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु,’ झाँक्रीले भनेकी थिइन्–‘होइन भने बालकोटै गए पनि हुन्छ ।’

    यो अभिब्यक्तिपछि झाँक्रीलाई कारबाही गर्न माग गर्दै ओली निकट अनेमसंघले माघ २१ मा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार