Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रामकुमारी झाँक्रीले पाइन् पार्टीमा जिम्मेवारी

    रामकुमारी झाँक्रीले पाइन् पार्टीमा जिम्मेवारी

    अनलाइन नेपाल
  • बिहिबार, २८ भाद्र २०८०
  • 3.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले रामकुमारी झाँक्रीलाई प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन गर्ने गरी जिम्मा दिएको छ ।

    पार्टीले जिम्मेवारी नतोकेको भन्दै असन्तुष्ट रहँदै आएकी झाँक्रीलाई प्रवास विशेष प्रदेशको जिम्मेवारी दिइएको हो ।



    पार्टी सचिवको भूमिका रहेकी उनलाई एकीकृत समाजवादीले युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जको समेत जिम्मेवारी तोकेको छ। यसैगरी स्थायी कमिटी सदस्य श्रीप्रसाद साहलाई एसिया, अष्ट्रेलिया र अफ्रिका इञ्चार्ज तोकिएको छ ।



    भदौ ५ देखि ७ गतेसम्म ललितपुरमा बसेको पार्टी केन्द्रीय कमिटीको छैटौं बैठक, भदौ १८ र २२ गते बसेको सचिवालयको ६५ औं र ६६ औं बैठकले गरेका विभिन्न निर्णयहरू सर्कुलर गर्दै एकीकृत समाजवादीले कार्यविभाजनबारे जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार