Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सामाजिक सञ्जाल नियमनबारे झाँक्रीले भनिन् – विरोधीको रोइलो गलत थियो

    सामाजिक सञ्जाल नियमनबारे झाँक्रीले भनिन् – विरोधीको रोइलो गलत थियो

    अनलाइन नेपाल
  • शुक्रबार, २४ कार्तिक २०८०
  • 681
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले सरकारले ल्याएको सामाजिक सञ्जाल निर्देशिकालक्षित टिप्पणी गर्दै तत्कालीन संचारमन्त्री गोकुल बाँस्कोटाको स्मरण गरेकी छन् ।

    झाँक्रीले तत्कालीन एमाले सरकारका मन्त्री बाँस्कोटाले त्यसबेला सामाजिक संजाललगायतका विकृति नियन्त्रणका लागि ४ वटा विधेयक ल्याउन खोज्दा संसदमा दर्ता नै नगर्न नदिनेहरुको कर्म गलत थियो भन्ने पुष्टि भएको बताएकी हुन् ।



    झाँक्रीले भनेकी छन्,’तत्कालिन नेकपा एमालेको सरकारले खास गरी तत्कालिन संचारमन्त्री गोकुल बास्कोटाले त्यो बेला ल्याउन खोजेका चारवटा सोसल मिडिया, मिडिया काउन्सिल लगायतका विधेयकहरू संसदमा दर्ता नै गर्न नदिने, दर्ता भएका विधेयक माथि छलफल नै गर्न नदिने र लोकतन्त्रको नाममा जुन रोईलो भएको थियो नि, म आज संझदैछु। त्यो कर्म गलत थियो।आज समाजलाई जता लान खोजिदैछ नी यि सामाजिक संजाल मार्फत गम्भिर बनौ है।’



    सामाजिक संजालबाटै आफ्नो धारणा सार्वजनिक गर्दै झाँक्रीले लोकतन्त्रका नाममा त्यसबेला गोकुल बास्कोटाविरुद्ध भएका रोइलो गलत थियो भन्ने पनि पुष्टि भएको बताईन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार