Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झलनाथ खनाल दिल्ली प्रस्थान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल उपचारका क्रममा भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् ।

नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख विष्णु रिजालका अनुसार पूर्वप्रधानमन्त्री खनाल उपचारका क्रममा अहिले ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली प्रस्थान गरेका हुन् । उनी केही दिन दिल्लीमा रहने छन्।

पारिवारिक स्रोतका अनुसार शरीर काँप्ने रोगको उपचारका लागि खनाल चीन जान चाहेका थिए । तर चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण उनी दिल्ली गएका हुन् । 

पीसीआर परिक्षण निगेटिभ रहेको रिपोर्टसहित गएपछि भारतमा क्वोरिन्टनमा बस्नु पर्ने अनिवार्यता छैन । यसअघि अमेरिका र चीनमा खनालले उपचार गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077