Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बाँसको लठ्ठीले टाउकोमा हानेर भिनाजुको हत्या गर्ने सालो पक्राउ

काठमाडौं । क्षिरेश्वर डिष्टिलरीका सञ्चालक प्रमोद रेग्मीको उनैका सालोले हत्या गरेको खुलेको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–७ मा मृत फेला परेका उदयपुरको त्रियुगा नगरपालिका–७ निवासी रेग्मी माघ १३ गते मृत फेला परेका थिए ।

आफ्नै कोठामा मृत फेला परेका ५४ बर्षीय रेग्मीको उनकै सालो निरज खातीले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

खातीले सेयर लगानीसम्बन्धी विवाद हुँदा रेग्मीको हत्या गरेको प्रहरीसामु बयान दिएका छन् ।

३५ बर्षीय खातीले रेग्मीलाई अत्यधिक मात्रामा मादक पदार्थ सेवन गराईं बाँसको लठ्ठीले टाउकोमा प्रहार गरी हत्या गरेको पनि प्रहरीले जनाएको छ ।

हत्या आरोपमा पक्राउ परेका खातीलाई जिल्ला प्रहरी कार्यालयल धनुषाले आज सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077