Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

चितवन मेडिकल कलेजमा अत्याधुनिक प्रविधिबाट कपाल प्रत्यारोपण सेवा शुरु

चितवन । चितवन मेडिकल कलेज (सिएमसी)ले अहिलेसम्मकै अत्याधुनिक प्रविधिबाट कपाल प्रत्यारोपण सेवा शुरु गरेको छ ।

विगत पाँच वर्षदेखि कपाल र छालासम्बन्धी सेवा दिँदै आएको सिएमसी काठमाडौँ विशालनगरस्थित अरोगिन हेल्थकेयरको समन्वयमा जिल्लामा पहिलो पटक यो सेवा शुरु गरेको हो ।

सिएमसीका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार विकसित मुलुकमा शुरु भएको नवीनतम प्रणालीबाट विश्वस्तरीय कपाल प्रत्यारोपण सेवा शुरु गरिएको हो ।

देवकोटाका अनुसार भारतको चण्डीगढ़मा छाला तथा कपालसम्बन्धी विषयमा स्नातकोत्तर गरेर आएकी डा. श्रद्धा उप्रेती नेतृत्वको टोलीले यो सेवा प्रदान गर्नेछ ।

कपाल, छाला एवं यौन रोग विशेषज्ञ डा उप्रेतीले कपाल झरेर तालु चिल्लो भएको, घाउचोट वा पोलेको दागका कारण कपाल नभएको स्थानमा समेत प्रत्यारोपण गर्न सकिने जानकारी दिइन् ।

उनले भनिन्–‘विशेष गरेर महिलामा हेयर लाइन मिलाउनुपर्ने अवस्थामा कपाल प्रत्यारोपण गर्न मिल्छ, कपाल झर्ने समस्याका लागि पनि विभिन्न थेरापीबाट समस्याको हाल गरिन्छ ।’

डा. उप्रेतीका अनुसार कलेजले ल्याएको प्रविधि विश्वमा नै हालसम्मको सबै भन्दा नयाँ हो । रोपेको जति शतप्रतिशत कपाल बाँच्ने र कम समयमै राम्रो परिणाम आउने हुनाले हाल प्रायः सबै जनाले यो प्रविधि नै रोज्ने गरेको डा उप्रेतीको भनाइ छ ।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेले स्वास्थ्यसँग सम्बन्धित सेवाका लागि बिरामी विदेश जानु नपर्ने गरी सेवा बिस्तार गरिएको बताए ।

उनले भने–‘हामी विश्वका ठूला अस्पतालले दिने सेवा यही दिनका लागि काम गरिरहेका छौँ । सीएमसीका कतिपय विभाग नेपालकै उत्कृष्ट रहेका छन् । अब हाम्रो प्रतिस्पर्धा विदेशका ठूला अस्पतालसँग हुनेगरी उपचार सेवा बिस्तार गरिरहेका छौं ।’

सीएमसीले केही समय अघि नेपालमै पहिलो पटक अत्याधुनिक स्प्याक्टसिटी मेसिन भित्र्याएसँगै चिकित्साशास्त्रको अत्याधुनिक र अतिविशिष्ट सेवाअन्तर्गत न्युक्लियर मेडिसिन सेवासमेत शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077