Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अब हवाई यात्रा गर्दा ल्यापटपलगायतका ईलेक्ट्रोनिक्स सामान बोक्न नपाइने

काठमाडौं । नेपाल वायुसेवा निगमको विमानद्वारा हवाई यात्रा गर्दा ल्यापटप, क्यामेरा, मोबाईल फोन, नगद, गरगहनालगायतका सामग्री बोक्न नपाइने भएको छ ।

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीलाई पत्राचार गर्दै चेकइन ब्यागेजमा ल्यापटप लगायतका इलेक्ट्रोनिक्स सामग्री र महत्वपूर्ण कागजपत्र एवम् बहुमुल्य बस्तुहरु लैजान तथा ल्याउन निषेध गरिएको जनाएको छ।

यस्तै नागरिक उड्डयन प्राधिकरण नेपालले प्रतिबन्ध गरेका खतराजन्य सामाग्रीहरू हातहतियार चक्कु, कैची, नङकट, एसिड, ब्याट्री, ज्वलनसिल पदार्थलगायतका सामग्रीहरू पनि लैजना नपाइने निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077