Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

नक्कली डाक्टर बनि एनएमसीको फारममा सहिछाप गर्ने पक्रउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले नेपाल मेडिकल काउन्सिलको फराम प्रमाणित गर्ने नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।

नेपाल मेडिकल काउन्सिलबाट लिनु पर्ने स्थायी दर्ता प्रमाण पत्रको लागि निवेदन दिने क्रममा नियम अनुसार आवेदन फाराम भरे पछि फारामको अन्त्यमा काउन्सिलमा स्थायी दर्ता भएका चिकित्सकले दस्तखत गरी प्रमाणित गरी दिनु पर्ने प्रकृया रहेकोमा लाइसेन्स प्राप्त नगरेका जितेन्द्र पन्थी आफैले सहिछाप गरेपछि उनी पक्राउ परेका हुन् ।

मिति २०७७र०६र०६ गते डा। कृष्ण रिजालको Application Form मा जितेन्द्र पन्थीले Dr. Jitendra Sharma, NMC Registration no. 2364 लेखी सहीछाप गरी Certify गर्ने क्रममा किर्ते गरेको शंका लागि अनुसन्धान गर्दा निजले नेपाल मेडिकल काउन्सिलबाट लाईसेन्स प्राप्त नगरीकनै डाक्टर भनि सहिछाप गरेको खुलेको हो ।

सिआईबीका अनुसार पन्थीले लिखत सम्बन्धि कसुर गरेको खुल्न आएकोले फागुन २ गते काठमाडौं महानगरपालिका कान्ति संगमटोलबाट पक्राउ गरिएको हो । पन्थी जिल्ला अर्घाखाँची साविक हँसपुर गा.बि.स.वडा नं. ३ परिवर्तित मालारानी गाउँपालिका वडा नं.८ अर्घाखाँचीका हुन् ।

पक्राउ परेका पन्थीलाई लिखत सम्बन्धी कसुरमा सम्मानित काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भई रहेको सिआईबी प्रमुख डिआईजी सहकुल थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077