Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एनआरएनएद्वारा नि:शुल्क टेली हेल्थ सेवा सुरू

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विश्व व्यापीरुपमा टेली हेल्थ सेवा सुरु गरेको छ । एनआरएनए स्वास्थ्य समिति तथा वैदेशिक रोजगार तथा कल्याण विभागको संयुक्त पहलमा यो सेवा सुरु गरिएको हो।

टेली हेल्थ सेवाबाट विश्वका कुनै पनि ठाउँमा बसोबास गर्ने नेपाली मुलका व्यक्तिले अनलाइनमार्फत चाहेको समयमा स्वास्थ्य विज्ञहरुसँग स्वास्थ्य परामर्श लिन सक्ने एनआरएनएले जनाएको छ ।

यो टेली हेल्थ कार्यक्रममा सबै क्षेत्र र विधाका स्वास्थ्य विशेषज्ञ र चिकित्सकहरु रहेका छन् । मिर्गौला, कलेजो, मुटु, आँखा, नाक, कान, घाँटी तथा मुख सम्बन्धी स्वास्थ्य विज्ञदेखि डाइटिसिएन, फिजियोथेरापिस्ट, दन्त चिकित्सकलगायतका अन्य थुप्रै स्वास्थ्य विज्ञहरुले परामर्श दिनेछन् ।

यसका साथै मनोचिकित्सक, मनोपरामर्शदाता, स्नायू रोग विशेषज्ञ र छारे रोग (एपिलेप्सी)का विशेषज्ञ, बाल रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ र ज्येष्ठ नागरिक रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मधुमेह विज्ञ, स्तन क्यान्सर विज्ञ, क्यान्सर रोकथाम र उपचार विज्ञहरु र सार्वजनिक स्वास्थ्य विशेषज्ञहरूबाट समेत सेवा लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077