Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्यकथामा आधारित टेलिसिरियल ‘रुद्राक्ष’ आउँदै

काठमाडौं । स्प्लास इमेज इन्टरटेनमेन्ट प्रालिले नेपाली टेलिभिजन दर्शकहरुका लागि सत्य कथामा आधारित ‘रुद्राक्ष’ टेलिसिरियल आउने भएको छ ।

सामाजिक विसंगति विकृतिका साथै रुढीवादी समाजविरुद्ध महिलाले भोग्नुपर्ने पीडाका साथै जीवनयापनका लागि भोग्नुपर्ने दुःख पीडा, वैदेशिक रोजगारीमा रहँदा महिलाले भोग्नुपर्ने समस्या तथा जीवन जीउनका लागि लागि महिलाले भोग्नुपर्ने समस्यालाई समेट्दै निर्माण गर्न लागिएको रुद्राक्ष टेलिसिरियल आगामी बैशाखदेखि दर्शकमाझ ल्याउने गरी तयारी गरिएको छ ।

रसिल अमात्य निर्देशक तथा निर्माता रहेको रुद्राक्ष मा गंगादेवी चौहानले मुख्य भूमिका निर्वाह गर्नेछिन् ।

वास्तविक घटनाको वरिपरि रहेर निर्माण हुन लागेको रुद्राक्षमा शारदा गिरी, सूर्यबहादुर नहर्की, भिमसेन खतिवडालगायतका रहने जनाइएको छ ।

फागुनको दोस्रो सातादेखि छायांकन सुरु गर्न लागिएको रुद्राक्षले समाजमा घट्दै आएका विकृति र विसंगतिलाई उजागर गर्ने मात्र नभई त्यसको समाधानका लागि नीति निर्माणको तहलाई झक्झक्याउने विश्वास पनि निर्माण पक्षले लिएको छ ।

स्प्लास इमेज इन्टरटेनमेन्ट प्रालिको प्रस्तुति रहने रुद्राक्षको सम्पादन शक्तिप्रज्वल घिमिरेले गर्ने भएका छन् भने छायांकन नमराज घिमिरेले गर्ने छन् । भिडियो प्रोडक्सनमा ह्वाइट मिडिया रहेको सिरियलमा सुदीप सिं म्युजिक निर्देशक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077